अन्नपूर्णमा मतदाताले गरे कांग्रेस उम्मेदवार कुँवरको प्रशंसा’
कास्की | बैशाख २०, २०७९
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका युवराज कुँवरसहित काँग्रेसका उम्मेदवारहरु घरदैलोको क्रममा छन् । घरदैलोमा पुग्दा यसअगाडी कुँवर नेतृत्वमा रहँदा गाउँपालिकाले गरेका कामहरुको प्रशंसा मतदाताहरुले गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा कुँवरको नेतृत्वले राम्रो काम गरेकोले यसपालि पनि पुनः कुँवरलाई नै अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा मंगलबार नेपाली काँग्रेसको उम्मदेवारको टोली गाउँपालिकाको झिनु, तौली र छोम्रोङ लगाएतको स्थानमा पुगेको थियो ।
‘हामीले काम गर्दा कहिल्यै जनतालाई धोका हुने गरि काम गरेनौँ । र, त्यसैले यहाँका जनताको साथ र समर्थन मेरो अनि काँग्रेसको नेतृत्वप्रति कायम रहन सकेको हो ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष उम्मेदवार युवराज कुँवरले भने–‘यो क्षेत्रको विकास र सम्बृद्धि नै आगामी दिनमा पनि हाम्रो कार्ययोजना हो ।’
गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर र उपाध्यक्षमा खेमकुमारी गुरुङ नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी छन् । त्यस्तै वडाअध्यक्ष उम्मेदवार ललित गुरुङसँगै वडा सदस्य उम्मेदवारहरु तारादेवी पौडेल, मनमाया बिक, गोपाल आले, मिलन गुरुङ लगाएत अहिले सो क्षेत्रको घरदैलोमा सहभागी छन् ।
घरदैलो कार्यक्रममा प्रचारप्रसार समितिका सँयोजक मनपति भण्डारी, महासमिति सदस्य आइबहादुर गुरुङ, दीपक गुरुङ, क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनीधि पोषनाथ शर्मा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, उपसभापति हितमान गुरुङ लगाएत सहभागी थिए ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा हाल १ हजार ८ सय ४० मतदाता रहेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्...
कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ । बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...
काठमाडौं: नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...

